निफको चौथो संस्करणका लागि आवेदन खुला
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणका लागि आवेदन खुला गरिएको छ । महोत्सवको चौथो संस्करण फागुन १२ देखि १६ गतेसम्म (फेब्रुअरी २४ देखि २८,२०२१) हुने आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले महोत्सवमा सहभागिताका लागि २०२० जुलाई १ देखि नोभेम्बर ३० सम्म आवदेन गर्न आव्हान गरेको छ ।
निफको चौथो संस्करणमा महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ । त्यसैगरी यो वर्ष इन्टरनेसनल फेडेरेसन अफ फिल्म सोसाइटीजको तर्फबाट आइएफएफएस डन क्विजोट अवार्ड प्रदान गरिनेछ । अघिल्ला वर्षहरुमा प्रदान गरिएका गौतम बुद्ध अवार्ड, माउन्ट एभरेस्ट अवार्ड, मञ्जुश्री अवार्ड र बागमती अवार्ड यथावत रहने प्रतिष्ठानका अध्यक्ष केपी पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने चलचित्रका लागि तोकिएको शुल्क तिर्नुपर्ने र नेपाली प्रतिस्पर्धाको लागि निःशुल्क आवेदन दिन सकिने प्रतिष्ठानले जनाएको छ ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस