• जीवनशैली | Jiwanshaili
  • सृजनशील आन्दोलनको रुप लिँदै ‘क्वारेन्टिन कविता’


    बुधबार साँझ ७ बजे फेसबुकमा सयौं कविका कविताहरू एकसाथ देखिए । कविता लेख्नेमात्र होइन साहित्य मन पराउनेदेखि आम विद्यार्थीसम्मले आ–आफ्नो सामाजिक सञ्जालमा कविता पोस्ट गरे ।
    कविता पोस्ट गर्ने यो अभियानलाई कविहरूले ‘क्वारेन्टिन कविता’ नाम दिएका छन् ।  बुधबार रातिसम्म ५ सय भन्दा धेरैले कविता पोस्ट गरेको यो अभियानमा युवा कविहरूको सक्रियता बढी देखियो ।

    ‘कविहरूले स्वतस्फुर्त रुपमा कविता पोस्ट गरेका हुन्’ अभियनाकर्ता कवि सौरभ कार्कीले भने ‘तर यो कुनै समुहको विशेषको समर्थनलाई भएको आन्दोलन होइन । विशुद्ध सृजनशील विद्रोह हो ।’
    कार्कीका अनुसार कारोनामाथि सरकारको अर्कमण्यता र लापरबाहीको विरुद्ध कविताको सामुहिक शक्ति निमार्ण गर्न अभियानले साथ दिने छ । 

    कविहरूको यो अभियानलाई कवि एवं साझा पार्टीका नेता रविन्द्र मिश्र, आख्यानकार राजन मुकारुङ, विश्लेषक उज्ज्वल प्रसाईलगायतले कविता राखेर समर्थन जनाएका थिए ।

    कविता पोस्ट गर्दा ‘इनफ इज इनफ’ र ‘क्वारेन्टिन पोयट्रि’ ह्यास ट्याट प्रयोग गरिएको छ


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस