• जीवनशैली | Jiwanshaili
  • भदौ १ गतेदेखि आन्तरिक र बाह्व दुबै हवाइ सेवा सञ्चालन हुने



    साउन ६, २०७७

    सरकारले आगामी भदौ १ गतेदेखि आन्तिरिक र बाह्व दुबै हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि उडान सेवा खुला गर्ने निणर्य गरेको हो।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उडान खोल्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लिएका थिए । मन्त्रिपरिषदले पर्यटनमन्त्री भट्टराईको उक्त प्रस्तावलाई स्वीकृत गर्दै हवाइ उडान खोल्ने निणर्य गरेको हो ।
    सरकारले यसअघि नै असार अन्तिम साताको मन्त्रिपरिषद्को वैठकमार्फत जिल्लाभित्रै सार्वजनिक यातायात चलाउने निणर्य गरेको थियो। व्यवसायीले लामो दूरीको सवारी पनि खोल्नुपर्ने माग सरोकारवाला निकायहरू माझ राखिरहेकोमा यातायात व्यवस्था विभागले सम्बन्धित मन्त्रालयमा लामो दूरीको यातायात सञ्चालनको प्रस्ताव लिएर जाने तयारी गरेको छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार