बाहुबलीका निर्देशक एसएस राजामौलीसहित सबै परिवार कोरोनाको चपेटामा
एजेन्सी- बाहुबलीका निर्देशक एसएस राजामौलीसहित सबै परिवार कोरोनाको चपेटामा आएका छन् । अमिताभ बच्चनपछि भारतका दोस्रो यस्ता कलाकार हुन् जसको परिवारका सबै सदस्यहरुमा कोभिड-१९ पोजेटिभ देखिएको छ । बाहुबलीका निर्देशक राजमौलीले ट्वीट गर्दै उनीसहित उनका सबै परिवारलाई कोरोना भाइरस पोजेटिभ देखिएको बताए हुन् ।

राजामौलीले ट्विटमा भनेका छन् कि, उनका परिवारका सबै सदस्यहरुलाई केही दिन अघि हल्का ज्वरो आएको थियो र त्यसपछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राजमौलीको परिवार अहिले आफ्नै चिकित्सकको सल्लाहअनुसार आफ्नै घरमा ‘होम क्वारेन्टिन’ मा बसेका छन् ।
राजमौलीको परिवारमा उनकी श्रीमती रमा राजामौली र दुई जना छोराहरु छन् । उनको बुवा के वी विजयेन्द्र प्रसादको चिन्ताले भने सबैलाई सताइरहेको छ । उनको बुवाको उमेर ७८ वर्ष पुगेको छ । धेरैलाई थाहा नहुन सक्छ कि उनको बुबाले नै बाहुबलीको कथा लेखेका थिए । उनले ‘आरआरआर’ नामक चलचित्रको कथा पनि लेखिरहेका छन् ।
जुन स्वतन्त्रताको लडाईमा कोमारम भीम र अल्लूरी सीताराम राजू जस्ता आदिवासी किसान नेताहरुको संघर्षको कथामा आधारित छ । यो चलचित्रमा जूनियर एनटी रामाराव, राम चरणका साथै बलिउड अभिनेता अजय देवगन र आलिया भाट पनि भूमिकामा हुने चर्चा छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस