नवाजुद्दीन सिद्दीकीविरुद्ध पत्नी आलियाले दिइन् प्रहरीमा उजुरी
एजेन्सी- बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीविरुद्ध पत्नी आलियाले प्रहरीमा उजुरी दिएकी छिन् । नवाजुद्दीनसँग अलग भइसकेकी पत्नी आलियाले मुम्बईस्थित वर्सोवा प्रहरी स्टेशनमा उजुरी दिएकी हुन् ।
२७ जुलाईमा दर्ता भएको उजुरीमा जानी जानी कसैमाथि चोट पुर्याएको, अपमानित गरेको, धम्की दिएको तथा अपराधिक कार्य गरेको आरोप छ । प्रहरीले नवाजुद्दीनलाई नोटिस पठाइसकेको छ। आलियाले आईपीसीको धारा ३२३, ३५४ ९जानी जानी कोहीमाथि चोट पुर्याएको०, ५०४ ९शान्ति भंग गर्ने उद्देश्यले जानी जानी अपमान गरिएको०, ५०६ ९धम्की दिएको० तथा धारा ३४ अनुसार आपराधिक कार्य गरेको आरोप लगाएकी छिन् ।
आलियाले नवाजुद्दीनमाथि आफ्नो भाइको गल्ती लुकाएको आरोप लगाएकी छिन्। उनले दिएको उजुरीमा भनिएको छ, ‘मेरो भतिजीले मलाई भनेकी थिइन्, मलाई अंकलसँग नपठाउनु, अंकलले मलाई नराम्रो व्यवहार गर्छन् ।’
देवर मिनाजुद्दीनले उनकी छोरीमाथि २०१२ मा यौन शोषण गरेको तथा अश्लील भिडिओ समेत पठाएको आरोप उजुरीमा उल्लेख गरेकी छिन्।
आफूले त्यसको प्रतिकार गर्दा देवरले कुटपिट गरेको समेत उनले बताएकी छिन्। त्यो समय मुम्बईमा रहेको श्रीमानलाई योबारे जानकारी गराउँदा उसको भविश्य बर्बाद हुन्छ भन्दै केही नगरेको आलियाको आरोप छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस