• जीवनशैली | Jiwanshaili
  • पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना पुष्टि, मृतकको संख्या ५९ पुग्यो


    वीरगन्ज- पर्सामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । सोमबार ज्यान गुमाएकी पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा मंगलबार राति कोरोना संक्रमण पुष्टि भएको हो ।

    पखाला लागेपछि स्थानीय अस्पतालमा उपचार गर्न गएकी उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

    पोखरिया–८ जगतपुर घर भएकी ती युवतीको मृत्युपछि स्वाव संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको हो ।

    योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ भने देशैभर कोरोनाबाट ५९ जनाको मृत्यु भएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस