• जीवनशैली | Jiwanshaili
  • शिखाका चार पुस्तक एकैसाथ


    चार महिना लामो लकडाउनपछि ‘शिखा बुक्स’ले चार नयाँ पुस्तक बजारमा ल्याएको छ ।

    दीलिप कुमार मल्लको कथासंग्रह ‘कलावती’, नरबहादुर विसीको खोज अनुसन्धानात्मक कृति ‘मान्छे टोक्ने बोक्सी’, निर्माेही व्यासको संस्मरण ‘मायामहल’ तथा पूर्वमन्त्री जयप्रकाश गुप्ताको संस्मरण ‘अख्तियारको थुना : मेरो सम्झना’ को चौथो संस्करण बजारमा ल्याएको हो ।

    यसका साथै शिखा बुक्सकै प्रकाशनमा भदौको पहिलो सातासम्म रत्नशमेर थापा संस्मरण ‘घुम्तीमा नआऊ है’ टंक चौलागाईँको उपन्यास ‘उवडखावड’ र भीष्म उप्रेतीको यात्रासंस्मरण ‘हिमाल शेर्पा र यती’ पनि तयारीमा रहेको प्रकाशक पुष्पराज पौडेलले जानकारी दिए ।

    पाैडेलका अनुसार पुस्तकको अनलाइन बिक्रीसमेत व्यवस्ठा गरिएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस