मेरो ठेगाना
जहाँ मौनताभित्र कोलाहल छ
त्यहीँ बस्छु म !
जहाँ जहाज ओहोरदोहोर गर्छ शीरमाथि
तर मलाई कहिल्यै उडाउँदैन
सपना देखाउने सहरको नजिक बस्छु म
तर आँखैबाट हराउँछन् सपना सधैंसधैं
जहाँ बागमती बग्छ घर–घरमा
तर पानीको अभाव छ सधैं
कुनै दिन राजाको घर थियो यहाँ
आज देश उडाउने पाइलटहरू बस्छन्
तर देश उहिले बन्दी भैसकेको छ
झिलिमिली बत्तिको सहरमा बस्छु
तर आँखामा सधैं अँध्यारोले छोपेको छ
म अदालत र न्यायको आँगनमा बस्छु
तर अन्याय, अत्याचार र बलात्कारले जहिले जितेको छ
म छु शिक्षाको मन्दिरमा
अशिक्षाले भोकाएको छु सधैंसधैं
गगनचुम्बी घरहरूले भरिएको खाल्डोमा बस्छु
र सधैं पाइतलामुनि हराइरहेको छु
अपसोच छैन पाइतलामुनि दबिँदै गर्दा पनि
किनकि म माटोसँग टाँसिएर
देशको सुगन्ध लिइरहेको छु ।
०००
प्रेम र त्यसका परिवेशहरूमाथि कविता लेख्ने रिमा केसी सामाजिक मुद्दामा पनि कविता लेख्छिन् । उनका कवितामा पीडा र आर्तनादको स्वर पाइएपनि त्यसका विरुद्ध उभिन सक्ने स्वर कविताको मूल प्रवाहमा देखा पर्छ । उनको ‘यात्रामा अक्षर’ कवितासंग्रह प्रकाशित छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस