लोक गायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण
काठमाडौं- वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत प्रेमराजा महत र उनकी पत्नी कविता केसी महतमा कोरोना संक्रमण देखिएको हो ।
वरिष्ठ लोकगायक महतले अगस्त ७, शुक्रबार दिउँसो करिब ३ बजे सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी दुवै संक्रमित भएको जानकारी गराएका छन् । उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् । उनले हाल आफ्नै घरको एउटा–एउटा कोठामा आइसोलेसनमा बसेको जानकारी दिएका छन् । उनले छोरा डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेको बताएका छन् ।
कोरोना संक्रमणबाट जोगिन समयमै सतर्कता अपनाउन र यदि संक्रमण भइहाल्यो भने पनि गोप्य नराखी सबैलाई जानकारी दिन महतले आह्वान गरेका छन् । यसो गरेमा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति नै सहयोग पुग्ने महतको भनाइ छ ।
क्याटेगोरी : कला शैली, कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस