• जीवनशैली | Jiwanshaili
  • अभिनेता सञ्‍जय दत्तलाई श्‍वासप्रश्‍वासको समस्या भएपछि आइसीयूमा भर्ना


    एजेन्सी- बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि लीलावती अस्पतालमा भर्ना भएका हुन् । उनलाई लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ ।

    उनको शनिबार गरिएको कोरोना भाइरसको परीक्षण एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो । ६१ वर्षीय दत्तको पीसीआर परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ । नतिजा आइसकेको छैन ।

    उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । मेरो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस