अलबिदा राहत इन्दोरी!
‘सरकार चोर हो’भनेबापत पुलिसलाई बयान दिने राहत इन्दोरी
प्रसिद्ध उर्दू शायर डा. राहत इन्दोरीको ७० वर्षको उमेरमा निधन भएको छ । उनको जन्म सन् १९५० मा भारतको
इन्दोरमा भएको थियो । मंगलबार कोरोना संक्रमणको रिपोर्ट पोजिटिभ देखिएका उनको उपचारका क्रममा निधन भएको
हो । राहत इन्दोरीको नामले प्रसिद्ध उनको वास्तविक नाम राहत कुरेसी हो । उनले ‘उर्दु में मुशायरा’ शीर्षकमा
विद्यावारिधी गरेका थिए ।
प्रोफेसर, चित्रकार, गीतकार तथा कविको रुपमा पहिचान बनाएको भए तापनि उनी खासगरी शायरी लेखन र वाचनको
लागि प्रसिद्ध थिए । भारतीयहरुले श्रद्धापूर्वक राहत साहब भन्ने उनको लेखन प्रेमिल र विद्रोही चेतनाले भरिपूर्ण छन् ।
रसिक शैलीमा गजल, सायरी वाचन गर्ने उनी भन्थे, अहिले म बुढो भएपनि कुनैबेला बीस वर्षको थिएँ ।

सरकार चोर हो ?
राहत इन्दोरीलाई भारतभर हुने मुशायरामा बहुतै श्रद्दापूर्वक आमन्त्रण गरिन्थ्यो । हजारौं साहित्यप्रेमी उनका प्रेमिल अनि
विदोह्री चेतले भरिएका सायरी सुन्न लालायित हुन्थे ।
यसैक्रममा भारतमा संकटकाल लागेको समयमा भएको यौटा मुशायरामा राहत इन्दोरीले ‘सरकार चोर हो’ भन्ने
मजबुनको सायरी सुनाए । सरकार चोर हो भनेबापत उनलाई पुलिसले बयान लिने भयो ।
भोलिपल्ट पुलिस थानामा बोलाइयो । उनी थानामा पुगे । राहत इन्दोरीलाई पुलिस अफिसरले सोधे- राहत, तिमीले
मुशायरामा सरकार चोर हो भन्यौ रे हो ? राहतले भने, हो मैले सरकार चोर हो भनेको हुँ । तर, कहाँको सरकार चोर हो
भनेको छैन! मैले पाकिस्तानको, हिन्दुस्तानको, अमेरिकाको, ब्रिटेनको कहाँको सरकार चोर हो केहीपनि भनेको छैन ।
उनको जवाफ सुनेर पुलिस अफिसर अवाक् भयो । अफिसरले एकपटक उनलाई हेरेर मुस्कुरायो र भन्यो, तिमी हामीलाई
बेवकुफ सम्झिन्छौ ? के हामीलाई यत्ति पनि थाहा छैन कि कहाँको सरकार चोर छ ?
हेर्नुहोस्, राहत इन्दोरीका केही सिर्जना
(१)
अपनी पहचान मिटानेको कहा जाता है
बस्तीयाँ छोडके जाने को कहा जाता है
पत्तियां रोज गिरा जाती है जहरिली हावा
और हमे पेड लगानेको कहा जाता है
(२)
सब की पगड़ी को हवाओं में उछाला जाए
सोचता हूं कोई अखबार निकाला जाए
पी के जो मस्त है उनसे तो कोई खौफ नहीं
पी के जो होश में है उनको संभाला जाए
आसमां ही नहीं, एक चांद भी रहता है यहां
भूलकर भी कभी पत्थर ना उछाला जाए
नए आवाम की तामीर जरूरी है
मगर पहले हम लोगों को मलबे से निकाला जाए।
(३)
ऐसी सर्दी है के सूरज भी दुहाई माँगे
जो हो परदेस में वो किससे रज़ाई माँगे
अपने हाकिम की फ़क़ीरी पे तरस आता है,
जो गरीबों से पसीने की कमाई मांगे
सारा दिन जेल की दिवार उठाते रहिये,
ऐसी आज़ादी की हर शख्स रिहाई मांगे।
(४)
खड़े हैं मुझको खरीदार देखने के लिए
मैं घर से निकला था बाजार देखने के लिए
कतार में कई नाबिना लोग शामिल हैं
अमीर-ए-शहर का दरबार देखने के लिए
हर एक हर्फ से चिंगारियां निकलती हैं
कलेजा चाहिए अखबार देखने के लिए
हजारों बार हजारों की सम्त देखते हैं
तरस गए तुझे एक बार देखने के लिए।
(५)
अगर खिलाफ हैं, होने दो, जान थोड़ी है
ये सब धुँआ है, कोई आसमान थोड़ी है
लगेगी आग तो आएंगे घर कई ज़द्द में
यहाँ पे सिर्फ हमारा मकान थोड़ी है
मैं जानता हूँ की दुश्मन भी कम नहीं लेकिन
हमारी तरह हथेली पे जान थोड़ी है
हमारे मुंह से जो निकले वही सदाक़त है
हमारे मुंह में तुम्हारी जुबां थोड़ी है
जो आज साहिब-इ-मसनद है कल नहीं होंगे
किराएदार है जाती मकान थोड़ी है
सभी का खून है शामिल यहाँ की मिटटी में
किसी के बाप का हिंदुस्तान थोड़ी है
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस