• जीवनशैली | Jiwanshaili
  • संजय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका जादैँ


    एजेन्सी- बलिवुड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । बलिवुड फिल्म विश्लेषक कोमल नहाटाले संजय दत्तलाई क्यान्सर भएको जानकारी दिएका छन् । संजय दत्तले आफूले आफ्नो स्वास्थ्यको कारणले केहि समय फिल्मबाट ब्रेक लिने जानकारी समेत गराएका छन् ।

    मिडिया रिपोर्टका अनुसार संजय दत्तको क्यान्सरको उपचार सम्भव भएको बताइएको छ । उनलाई क्यान्सर भएको खुलासा भएपछि मंगलबार सार्वजनिक हुने भनिएको उनको नयाँ फिल सडक(२ को ट्रेलर समेत रोकिएको थियो ।

    अब संजय दत्त थप उपचारका लागि अमेरिका जाने तयारीमा रहेको बताइएको छ । समयमा अमेरिका गएर उपचार गरे उपचार सम्भव भएको बताइएको छ ।

    संजय दत्त केहि दिन अघि श्वास फेर्न मुश्किल भएपछि अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको कोरोना परीक्षण गरिएको थियो र रिपोर्ट भने निगेटिभ आएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस