• जीवनशैली | Jiwanshaili
  • बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु


    रुपन्देही- बुटवलमा कोरोना भाइरसबाट एकै दिन दुई जनाको मृत्यु भएको छ । उपचारका लागि त्यहाँको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षका एक युवा र २५ वर्षका अर्का युवाको निधन भएको हो ।

    उनीहरुमध्ये एक जना २५ साउनमा अस्पतालमा भर्ना भएका थिए भने अर्का २७ साउनमा अस्पतालमा भर्ना भएका थिए । यीमध्ये एकमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको थियो ।

    २५ वर्षका युवाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ । उनी मुम्बईबाट फर्किएका थिए ।


    क्याटेगोरी : कोरोना अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस