• जीवनशैली | Jiwanshaili
  • आलियाको ‘सडक २’ को ट्रेलरमा लाइक भन्दा ‘डिसलाइक’ १० गुणाले बढी


    एजेन्सी – बलिउड नायिका आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको उक्त ट्रेलरमा लाइकभन्दा बढी डिसलाइक आएको छ ।

    चलचित्रको ट्रेलर सार्वजनिक भएको २ घन्टामा ४ लाख भन्दा बढीले ुडिसलाइकु गरेका छन् । हालसम्म ट्रेलरमा ४५ हजार लाइक आउँदा डिसलाइकको संख्या ४ लाख ५४ हजार बढी पुगेको हो । नायक सुशान्त सिंह राजपुतको निधनपछि नेपोटिज्मको मारमा परेकी आलियाको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । त्यसको प्रत्यक्ष असर ‘सडक २’ को ट्रेलरमा देखिएको छ ।

    महेश भट्टको निर्देशनमा तयार भएको चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, अदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ । यो चलचित्र अगष्ट २८ मा रिलिज हुँदैछ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस