• जीवनशैली | Jiwanshaili
  • शृंखलाहिन बिजौला


    पहिलो दिनको मोह कतिलाई हुन्छ कुन्नी तर मलाई भने हुन्छ । हरेक दिन पहिलो र अन्तिम, हरेक पल पहिलो र अन्तिम हो भन्ने सुत्र हृदयमा साँधेर पनि पहिलो दिनको मोह छुटेको छैन । जसरी बाल्यकालका दिनहरुको सम्झनामा एकखाले आनन्दीरती उत्पन्न हुन्छ, त्यसरी नै हरेक दिनको बिहानीमा ताजगी आउँछ । त्यो भन्दा धेरै हप्ताको पहिलो दिनमा आउँछ । त्यसभन्दा धेरै महिनाको पहिलो दिनमा आउँछ । अनि वर्षगाठको नयाँ दिनले सबैभन्दा धेरै चरमता दिएर जान्छ । यसको कारण सामाजिक उर्जा हुनुपर्छ, संसारभरीका नरनारीहरु नयाँ वर्षको उल्लासमा रमाउदै आइरहेको परिदृश्य बिल्कुलै नयाँ होइन । कलेक्टीभ इनर्जीका कारण त्यसो भएको हुनुपर्दछ । अरु कारणहरुमा ज्योतिषबिज्ञानका अंक ग्रहरुको स्थानका कारण पनि पृथ्वीमा पर्न आउने छायाँ पनि होला ।
    . . . . . . . . .
    सुर्यमाया तामागं तेलकोटको काखमा बसेर नगरकोट जाने आउनेहरुलाई हेरेको वर्षौ भयो । अनुहारमा पोखिएका रेखाहरुले युवाअवस्थामा कुँदेका सम्झना बिर्सनाका कथा लुकाएका थिए । टिनको छानो, टिनकै भित्तो भएको साँघुरो घरमा आफू सुत्ने, पाहुनालाई सुताऊने र खाना पकाउँने ठाउँ छ । छोराछोरीले ट्यामपास होस् भनेर किराना पसल खोलिदीएका छन् । पहीलेपहीले बाटो बन्दा धेरै खान आउँथे अहिले घरपिच्छे पसल छन्, चाहिने सबै कुरा पाइलामै पाइन्छन् त्यसैले पसलमा आउने ग्राहक पातला छन् । झरीमा रुझ्दै गरेका बटुवा र कुकुर तर्कन कहिलेकाही आउँछन् । सुर्यमाया आउनेलाई उज्यालो बाँड्छिन् । परमेश्वर उनको जीवनमा पसेको त्यतीनै वर्ष भयो जतिवर्ष उनका लोग्ने घर छोडेर हिँडे । सहारा चाहिने रहेछ, चाहे जोवन हुँदा होस् वा बुढो । पहिले बुढो थियो पाल्न सकेन र हरायो, अहिले तीस वर्ष यता परमेश्वर छाएका छन् र जीवनमा आस पलाएको छ ।

    दत्तासाहब त्रिभुवन विश्वविद्यालय प्रवेश गर्दै गर्दा पसिनाले निथ्रुक्क भिजेर लहरै लागेका रुखमा ओत लाग्छन् । एक हातले सर्टको माथिल्लो बटन खोलिरहेकाछन् अर्को हातमा कामको फाइल छ त्यसैले तालुमा हम्काइरहेका छन् । तालु तन्तु सुर्यमायाको छायाँमा परेजसरी झरेका दाँतमा तृष्णा छुटेको छ, मिठो खाउँला, हाड चपाउला, उखु चुसौला भन्ने लोभ लुकेको छ तर चित्त बुझाउनुपर्छ ढिंडोमा । रोटी पनि घुम्दै टहल्दै खानुपर्छ । दत्तासाहबको तालुमा लाएको तूवाँलो के कसरी लाग्यो? परिवारको उल्झनले? आफ्नै व्यक्तिगत शारीरीक दुर्वलताका कारण? तमाम् सेम्पुहरुको प्रयोगका कारण? वा सफलता असफलताको चास्नीमा डुबिइरहेको वर्तमानमा ज्ञानको डाँडु बोकेर नृत्याक्षर विज्ञान मनमा लिई उनी हिँडीरहेकाछन् ।

    पेशा उनको पुस्तक बेच्ने हो, छाप्नलाई पनि सँघाउँछन् । अरुका पुस्तक पढ्दैमा, छाप्दैमा र बाँड्दैमा केशराशी सकिएको होइन् । उनी मान्छन्, उधारो उठाउँनु सबैभन्दा कठीन कर्म हो । सायद त्यो पनि एक पातलो कारण हुनसक्छ केश बिन्यासमा काइयोले समुचित स्थान नपाउनुमा । त्यतिकैमा बतास चल्यो, किनारामा उभिएका लहरे रुखहरु बज्न थाले । छायाँका लागि मान्छेहरु मात्र थिएनन् गाइगोरु, कुकुर पंक्षिहरु पनि स्थानबिशेषको आसनमा विराजमान थिए ।

    दत्तासाहबको हात सतर्क अवस्थामा थियो, शरिर स्वचालित डुंगाजस्तो चलायमान् थियो । क्षितिजमा लामो बाक्लो केशराशीको गुच्छा खुसामद गरिरहेको थियो । ती थामीन नसकेका रौँ को मोह लागेर आयो, ती जन्मन बाँकि भूणहरुको प्राण सम्झेर करुणा पलायो । लाग्यो बतास तीनै कुरालाई सम्झाउ अघिदेखिनै हल्लिएर बसेकोछ । युवक सुनिरहेकोछ । दत्तासाहब देवि अप्सराको सौन्दर्यमा लोटपोट भएर ओमकार जपजी जपीइरहेकाछन् । ओमकार गुञ्जिरहेकोछ । परदेशसमा देश सुनिन्छ, देशभित्रै देश बिलाउँनेरहेछ । सरस्वतिको कृपा पाउने पात्रहरु सबै खल्वाट हुन्छन् वा शेक्सपियर, लर्ड वायरनको जस्तो जुल्फी लिएर कानमाथि आएका केशका झुप्पा लिएर थप एक ग्लास रेड वाइन आदेश दिइरहेका छन् ।
    . . . . . . . . .
    शरिरको चोला अपरम्पार छ । सहायताका लागि भगवान्को पाउ समाउने, वा अन्तिम विकल्पका रुपमा इश्वरको सत्ता स्विकार गर्ने आम धारकहरुमा अट्न नसकी फुत्कीएको म मा क्रमिकरुपमा संस्कारले बलियो हुने मौका पाएन, खँदिला कुराहरु काँधमा आएर चढ्न सकेनन् र म केवल म मात्र हुनका लागी कहिले यहाँ कहिले त्यहा चाहारीरहे । समय आएपछि सम्बन्ध घट्छन्, पड्कन्छन् र उछिटिन्छन् । मलिलो मनमा अमिलो साँधेर खाएको तृष्णा मेरो अन्तर हरकलाई थाहा छ । सम्झन्छु त्यो युवक जो काठको सोलीबाट चुहीरहेको अम्लीय पेयपदार्थ आँखाले पिउन खोजिरहेकोछ ।

    गौँथली आकासमा उड्दा लाग्छ ऊ त्यहाँ अदृष्य जालो बुनीरहेकोछ । अन्यथा जसरी चुइकिन्छ आकासमा मानौ पिगं खेलीरहेकोछ । हरियो सुँगाको कर्कश आवाज कालान्तरमा धेरै सुनीरहदा पनि प्रियतामा अनुदित हुन्छ र अर्को एकदिन सुँगा आइदिएन भने निरसता छाउँछ । पहेँलो चुच्चो लिएर कलात्मक तवरले हिँड्ने मैनाचरी र राजसी शैली अपनाउने ढुकुर विचरणसँगै मयुरको हल्का हिँडाइले चित्तविभोर बनाउँछन् । सम्बन्धहरुको छायाँ पनि ती चराहरुको संसर्गजस्तो कहिले यता कहिले उता गरी उडिँरहेका छन् ।
    . . . . . . . . .
    वृतमा थोरै मान्छेहरु घुमिरहेका छन् । ग्रह उपग्रहरु होइनन् फेरीपनि बारम्बारको पूनरुक्ती भइरहेको छ । उही मान्छेहरु सँगको उही कुरा फरक फरक कालखण्डमा घटिरहदा क्रमशः बुढो भइएछ, अब अनुभव बताउन थालीयो जस्तो भएको छ ।

    सबैलाई आफ्नो कुरा धेरै सुनाउनु छ, अरुको थोरै कुरा सुन्नु छ । आफ्नो मत अरुमाथि लाद्नेबेलामा समय हुने र अरुको पालो आएपछि समयको अनिकाल छ, व्यस्त भए भनेर भाग्ने प्रवृत्ती भएका कथित धनिमनिहरुसँग धन त भयो त्यो मनि मात्र भइदियो मन, विस्तारीत आकाशमा उड्नसम्ने भएन । धेरैपहिले कवि भूपीले घुम्नेमेचमाथि बसेर लेखेको कविता वा क्यारेमबोर्डका गोटीहरु हिर्काउदै गर्दा प्रस्फुटित ध्वनिमा पुष्पित उनको काव्य गाथा अलि पर गएर खुल्यो, मरेर शहिद हुनेहरु हो, जिएर त हेर यहाँ जिउन कति गाहे छ । दाह्ीवाल मित्र भूपीलाई अर्कै रंगमा संझेर उही संकेतलाई आफ्नो भावमा भन्छन्, मलाई सबै धनि भन्छन्, तर म आफूलाई धनि देख्दिन् । किनकी म त विचको म्यानेजर न हुँ बैंक र उद्योगको बिचमा कारोवारी मिलाइरहेको कसरी धनि हुनसक्छ ।

    अर्को कुरा मलाई भन्ने के हो भने, यत्रो धनि छ मान्छे चन्दा फिटिक्कै दिदैन । म भन्छु तिमीहरुलाई पनि धनि हुन छुट छ, आकाश असिमित छ अब घर कति तलाको बनाउँछौँ त्यो तिम्रो निणर्य । त्यसबेला तिमी आफूलाई हेर दिन कति गाहे हुँदोरहेछ र दिएको भएपनि कति देउला त्यो हेर्न बाँकी छ ? दाह्ीका गाह कुरा संझेर पनि गोरापान खाएको अनुभव दिलाउँछ ।

    अर्थहिन् बनेर बन्न बसेका अर्थहरुको के अर्थ । अकारण आइलागेका कृत्यहरुका बारेमा फेरी किन बोलौ ? श्रापित र शाशीत जगको रजगज अकल्पनीयरुपमा उडिरहेको छ । यो काठमाडौँको खाल्डोमा उडीरहेको धुलो धुँवा र तुवाँलोमा मैले वर्षौपहिले आउदा देखेको सदाको निलो आकाशमा छोडेका डोरीबिहीन् रंगीन गुबाराहरु खोजीरहेको छु । तीनको पिठ्युमा मेरो ठेगाना लेखी पठाएको थिए, प्राण भरी पठाएको थिए, सायद घर फर्कन्छन् होला अलि अबेर भएपनि । त्यही अबेरको चौतारीमा बसेर चिया सुक्र्यारहेको म, श्रोता आउलान् र मेरो कथा सुन्लान् भनी पर्खिरहेको छु ।
    . . . . . . . . .
    फकिर भन्छ, जीवनको अलौकिक यात्रामा सवाररत हुँदा भेटिएका बनस्पती, सुनेका चराका गीत, टेकेको धर्तिको छायाँ सबैको प्रेम लागेर आउँछ । कहि मन्दिर भेटिन्छ, कहि चर्च त कही मस्जिद । तीन्का अधिकारीहरु फकिरलाई भगवान्को दर्शन गरेर जाउ पथीक भन्छन् । तर उ भगवान्को दर्शन नभइ, मुल मर्मज्ञ नभई अधिकारीको अनुनय काट्न नसकेर मन्दिर प्रवेश गर्यो । मनमनै भन्यो, “यो बाटो भएर हिँडीरहेको थिएँ, मन त धेरै पहिले ढलिसकेको थियो, सोचेँ शरीर पनि ढाली हेरुँ । बिनय गर्ने अधिकारीलाई राहत होला । मेरो शरिरले बिश्राम पाउला । 0000

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस