• जीवनशैली | Jiwanshaili
  • बलिउडलाई अर्को झट्का, निर्देशक निशिकान्त कामतको निधन


    एजेन्सी – बलिवुडका दृश्यम निर्देशक निशिकान्त कामतको मृत्यु भएको छ । लामो समयदेखि लिभरसम्बन्धी रोगबाट ग्रसित ५० वर्षिय निर्देशक कामतको सोमबार अपराहन्न मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको हैदरावादस्थित एशियन इन्स्टिच्युट अफ गास्ट्रोएन्टेरोलोगीमा कामतको मृत्यु भएको हो ।

    कामतको निधनमा बलिवुड स्टार रितेश देशमुख, अजय देवगन, रणदीप हुड्डा लगायतले दुःख व्यक्त गरेका छन् । कामतले आफ्नो फिल्मी क्यारियर मराठी फिल्मबाट २००५ मा गरेका थिए ।

    उनले बलिवुडमा दृश्यम, मदारी, मुम्बई मेरी जान जस्ता सफल फिल्म निर्देशन गरेका छन् भने जोन अब्रहीमको फिल्म रकी ह्यान्डसममा भिलेनको भूमिकासमेत निभाएका छन् । उनले ड्याडी, जुली २ भवेश जोशी जस्ता फिल्ममा समेत अभिनय गरेका छन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस