बजारमा ५ नयाँ पुस्तक
पछिल्लो साता बजारमा आएका पुस्तकमा देश सुब्बाको काव्य ‘सपना, कल्पना र फूल महाकाव्य’, शीवा शाहको उपन्यास कान्छा महारानीको नेपाली अनुवाद, डा. अर्चना थापाको सम्पादनमा ‘स्मृतिकथामा सत्त्व’ र विनोद न्यौपानेको ‘संघीयताको अर्थनीति’ बजारमा आएको छ ।
प्रयोगात्मक काव्य रहेको देश सुब्बाको ‘सपना, कल्पना र फूल’ इन्डिगो इन्कले प्रकाशन गरेको हो । इन्डिगोकै प्रकाशनमा निर्भीकजंग रायमाझी र सागर चन्दको लेखनमा सी चिनफिङको जीवनीको परिमार्जित संस्करण पनि बजारमा आएको छ ।
यस्तै शीवा शाहको अंग्रेजी उपन्यास ‘कान्छा महारानी’को सगुना शाहद्वारा गरिएको नेपाली अनुवाद सांग्रीला बुक्सले प्रकाशन गरेको छ । सांग्रीलाकै प्रकाशनमा स्थानीय विकास तथा संघीयता विज्ञ बिनोद न्यौपानेको ’संघीयताको अर्थराजनीति’ पनि बजारमा आएको छ ।
लेखक अर्चना थापाको सम्पादनमा अक्षर क्रियसनले आत्मनुभूतिपरक लेख समेटिएको ‘स्मृतिकथामा सत्त्व’ प्रकाशन गरेको छ ।
पुस्तक पसल बन्द रहँदा अधिकांश प्रकाशन गृहले अनलाइनबाटै पुस्तक मगाएर होम डेलिभरीको व्यवस्था गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस