• जीवनशैली | Jiwanshaili
  • सलमान खानको हत्याको योजना बनाउने अभियुक्त जेल चलान


    एजेन्सी- बलिउड अभिनेता सलमान खानको हत्याको योजना बनाउने व्यक्ति जेल चलान भएका छन् । गुण्डा नाइके लोरेन्स बिश्नोईका लागि काम गर्दै आएका राहुल उर्फ साँगा नाम गरेका व्यक्तिलाई प्रहरीले गत अगष्ट १५ मा पक्राउ गरेको थियो ।

    राहुल २४ जूनमा फरिदाबमा एक खाद्य व्यापारी प्रवीनको हत्या गर्ने मुख्य आरोपी हुन् । मुम्बईको बान्द्रामा राहुलले जनवरी महिनाको पहिलो हप्तामा सलमानमाथि निगरानी राखेका थिए । दुई दिनसम्म मुम्बईमा बसेका उनले सलमान कहाँ जान्छन्रु के गर्छनरु लगायतका गतिविधिमाथि निगरानी राखेका थिए ।

    उत्तराखण्डको पौडी गढवालबाट पक्राउ परेका राहुल चार दिन प्रहरी हिरासतमा बसेका थिए । प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेको थियो । अदालतले जेल पठाउन आदेश दिएको छ । उनीमाथि थप अनुसन्धानका लागि उनलाई जेल पठाइएको हो ।

    डीसीपी मुख्यालयका प्रमुख राजेश दुग्गलले राजस्थानस्थित जेल चलान गरिएको बताए । गुण्डा नाइके लोरेन्सले कालो हरिण केशमा राहुललाई सलमानमाथि रेकी गर्न पठाएका प्रमुख दुग्गलले बताए । सलमानमाथि निगरानी बढाएको जानकारी पाएलगत्तै सुरक्षा सतर्कता बढाइएको थियो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस