• जीवनशैली | Jiwanshaili
  • दुई गजल


    १.ठान्नु भएन

    मान्छेलाई ठूलोसानो, ठान्नु भएन
    अरुलाई बचन् बाण हान्नु भएन

    जातधर्म, वर्ण लिङ्ग, कुनै आधारमा
    भेदभाव गर्ने काम, मान्नु भएन

    मेचीकाली, हिमालतराइ, एकै नेपाल
    एकै माटो फरक भनी, जान्नु भएन

    जोजो माथि पुग्छ पुगोस्, असल् कामले
    जानीजानी खुट्टा कतै, तान्नु भएन

    घामछाया, सुख–दुःख, घुमिरहन्छन्
    नबुझेर सुखमात्र, छान्नु भएन

    सक्नेचाहिँ कानुनको खिलाफ गर्दछ
    नसक्नेलाई मात्र यहाँ, बान्नु भएन ।।

    २. नेपाली मै

    जहाँ बसी बाँचेपनि, नेपाली भै बाँच्न सकौं
    जुन् तालमा नाचेपनि, नेपाली भै नाच्न सकौं

    वाध्यताले विदेशमा, जानैपर्ने भयो भने
    मुटुभरी नेपालकै, न्यानो माया साँच्न सकौंँ

    विदेशको गीत संगीत, हाम्रोपन हैन साथी
    पञ्चेबाजा बजाएर, कम्मर यो भाँच्न सकौं

    पश्चाताप गरी हुन्न, काम बिग्री सकेपछि
    ठीकबेठीक् छुट्याउन, आफैं पनि जाँच्न सकौं ।।

    (रायमाझीको ‘झण्डा झुक्नु हँदैन’ र ‘मुरहरि रायमाझीका गजलहरू’ प्रकाशित छ।)


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस