आलियापछि अनन्या पनि ‘डिसलाइक’ को शिकार
एजेन्सी- केहि दिन अघि सार्वजनिक भएको आलिया भट्टको फिल्म सडक २ को ट्रेलरले युट्युबमा एक करोड २० लाखभन्दा बढी डिसलाइक पाएपछि यसको सिलसिला शुरु भएको छ ।
यस्तै सिलसिला अर्की अभिनेत्री अनन्या पाण्डेले पनि भोग्ने देखिएको छ ।
हालै सार्वजनिक भएको अनन्या पाण्डे र इशान्त खट्टरको फिल्म ‘खाली पिली’को टिजरले पनि युट्युबमा धेरै डिसलाइक पाएको छ ।
टिजर रिलिज हुनासाथ ट्वीटरमा ट्रेण्ड हुन लागेको थियो भने युट्युबमा डिसलाइकको सिलसिला शुरु भएको थियो । यो समाचार तयार गरुन्जेल रिलिज भएको केहि घण्टामा टिजरले केवल २८ हजार लाइक पाएको छ भने एक लाख ९५ हजार डिसलाइक पाएको छ ।
फिल्म कमेडी र क्राइम जनरामा बनेको टिजरबाट बुझ्न सकिन्छ ।
यस फिल्मलाई मकबूल खानले निर्देशन गरेका छन् भने जी स्टुडियोजले निर्माण गरेको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस