• जीवनशैली | Jiwanshaili
  • लोकगीतका पूर्वेली आइकन


    लोकगीतमा पूर्वी नेपालको आफ्नै विरासत छ । मौलिक भाका र पहाडी जीवनशैलीका गीत गाएर यस भेगका अनेकौं प्रतिभाले नेपाली लोकगीतमा योगदान गरेका छन् ।

    गायक खेमराज गुरुङ यस्तै एक प्रतिभा हुन् । उनले पहाडी जनजीवको गीत सबै नेपालीको मन छुनेगरी गाए । क्यासेट बिक्रिीको जमानाका गुरुङको ‘वारी जमुना पारी जमुना’ गीत बिक्रीका आधारमा मात्र होइन सबैको जिब्रोमा झुण्डिने गीत बन्यो । २०५८ सालमा आएको त्यो गीत विश्वकै सयमध्ये उत्कृष्ट रुचाइएको मध्येमा परेको थियो ।

    यसबाहेक ‘आलु तामाले’, ‘भन्छन् बुढापाकाले’, ‘अजम्बरी मायाले’, ‘दोबाटोमा साहिँली’लगायत गीत लोकप्रिय रहे ।
    गायक गुरुङबारे कवि चन्द्रवीर तुम्बापो भन्छन्, ‘युवालाई विशेष आकर्षित गर्नै गायक खेमराज व्यक्तिगत व्यवहार पनि सरल, सहज र रसिक थिए ।’ तुम्बापोका अनुसार खेमराजमा पहाडी जनजीवनमाथि अत्यन्त लगाव थियो त्यही लगावले उनलाई पहाडको गायक बनाएको उनी बताउँछन् ।

    खेमराज गुरुङको जन्म संखुवासभामा भएको थियो । बुबा अमृतबहादुर  गुरुङ र आमा तुलसीमायाको कोखबाट २०३१ फागुनमा उनको जन्म भयो । सदरमुकामको हिमाल माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनले सदरमुकामको वरुण क्याम्पसबाट उच्च शिक्षालाई निरन्तरता दिए ।

    गुरुङले विद्यार्थी जीवनबाट कलाकारिता प्रारम्भ गरेका थिए । उनले बासुरी राम्रो बजाउनुका साथै आफैँ गीत लेख्ने, संगीन भर्ने र गाउन पनि गर्थे । सानैदेखि गीत गाउनलाई हुरुकै हुन्थे । उनीसँग संगत गर्नेहरुले खेमराज मिलनसार भएको बताउँछन् । त्यस्तै उनी सबैलाई हसाउने र सिर्जनशील पनि थिए ।

    राजनीतिक मुद्दा उनीमा राजनीतिक चेतनामा थियो । यही राजनीतिक चेतना र लगावका कारण मुद्दा खेप्नु पर्यो । राजनीतिक मुद्दामा उनी ३६ महिना जेल जीवन बिताउनु पर्यो ।

    २०४९ देखि २०५१ सम्म ३६ महिना जेलजीवन बिताए । कारागारमा समय बिताउँदा उनी झन खारिएका थिए । जेलमुक्त भएलगत्तै उनले ‘जीवन भागएक’ एल्बम लिएर स्रोता माझ पुगे । उनको पहिलो एल्वमलाई स्रोताले त्यति नरुचाएपछि दोस्रो एल्बमको साधनातिर लागे । त्यही दोस्रो एल्बममा समावेश ‘वारि जमुना पारि जमुना’ गीतले नै उनलाई चर्चित बनायो । लोप हुन लागेको भाकाको बचाउ लोप हुन थालको पूर्वय अरुण उपत्यकाको लोकभाकालाई उजागर गरेका थिए ।

    यो भाका नेपाली गायनमा बिल्कुलै फरक भएका कारणले उनलाई छिट्टै नै सांगीतिक क्षेत्रमा स्थापित गरायो । उनले ठेट नेपाली शब्दलाई प्रयोग गरेर विल्कुलै नौलो लयमा गायन प्रस्तुत गरेका कारण नेपाली सांगितिक जगतमा थोरै गाएर धेरै चर्चा बटुल्न सके । पछिल्लो केहीसमय उनको गीत नेपाली सबैको मुखमै झुण्डिएको थियो ।

    नेपाली चलनचल्तीका झर्रा शब्द प्रयोगले वृद्धादेखि बालक सबैले उत्तिकै मन पराएका थिए उनको गीतलाई । विवाह उत्सव, धार्मिक कार्यक्रम हरेक ठाउँमा उनको गीतले उत्तिकै प्राथमिकता पाउने गरेको थियो । उनै कारणले गर्दा पूर्वमा लुकेर रहेको लोकभाका नेपालभरी फैलिएको थियो । उनले पूर्वमा लुकेर रहेको लोकभाकालाई चिनाउने काम गरे ।

    गुरुङको ‘अनमोल’, ‘धरान पोखरा’, ‘सोल्टी’, ‘आलुतामा’, ‘घुमफिर’लगायत झण्डै एक दर्जन एकल एल्बम बजारमा छन् । उनकाे अधिक रक्सी सउिजने बानीले लिभर सिरोसिस (कलेजोमा संक्रमण) भएर  ९ भदौ २०७३ मा निधन भयो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस