• जीवनशैली | Jiwanshaili
  • आज ‘नेपाल आइडल ३’ को फाइनल हुँदै


    काठमाडौं- नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम ‘नेपाल आइडल’ को सिजन ३ को फाइनल आज शुक्रबार हुँदै छ । गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ लकडाउनका कारण केही समय स्थगित भएको थियो । तर लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको थियो ।

    तर अब यसको फाइनल शुक्रबार हुँदैछ । यस सिजनमा टप ३ मा महोत्तरी बर्दिबासका किरण भुजेल, मोरङकी सज्जा चौलागाँई र बर्दियाका प्रवीण भेटवाल रहेका छन् । नेपाल आइडलको फाइनलमा अब यी तीनै जना प्रतिस्पर्धा गर्नेछन् ।

    लुकेको प्रतिभालाई समान अवसर दिने नेपाल आइडलमा यसअघि पनि बुद्ध लामा, प्रताप दाश, रवि ओड, विक्रम बराल लगायतका कलाकारले अवसर पाएका थिए ।

    शुक्रबार हुने नेपाल आइडल ३ को फाइनलमा प्रतिस्पर्धी र केही दर्शकको मात्र उपस्थिति हुने बताइएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस