लकडाउन र एक्लोपना
यदि छोटो समयका निम्ति हो भने लकडाउनमा पनि हाम्रा पुराना र गहिरा मित्रताहरू ज्यूँ का त्यूँ रहनेछन्। तिनलाई अनलाइन सम्पर्कले पनि केही हदसम्म जोगाइराख्नेछन्।
बेल्फास्टको क्वीन्स विश्वविद्यालयकी डा. जेनी ग्रोआर्कले महामारीका बेला हुने एक्लोपनाको अध्ययन गरेकी छन्।
‘मानिसहरूले तिनका सामाजिक आवश्यकता पूर्तिका निम्ति डिजिटल सञ्चारमाध्यमको प्रयोग गरेका छन्। तर यसबाट हुने सम्पर्क प्रत्यक्ष सम्पर्कको तुलनामा कम सन्तोषजनक भएको पाइएको छ,’ उनले भनिन्।
बढ्दो एक्लोपनासँग पनि यो जोडिएको छ।
यो निचोड प्राध्यापक डुन्बारको निष्कर्षसँग मिल्दोजुल्दो छ। उनका अनुसार प्रत्यक्ष भेटघाटको विकल्प छैन।
त्यसको एउटा कारण मानिसको स्पर्श आवश्यकता पनि हो।
‘अध्ययनमा सहभागी मानिसहरूले अरूलाई स्पर्श गर्न नपाउँदा तथा भौतिक दूरी राख्दा अनौठो मानेको पाइयो,’ डा. ग्रोआर्कले भनिन्।
अनलाइन सम्बन्ध मित्रताका निम्ति पर्याप्त नहुने ठानिन्छ
मावनजातिको सबैभन्दा निकटस्थ नातेदार चिम्पान्जीलाई हेर्दा पनि स्पर्श स्वाभाविक मात्र नभई सामाजिक रूपमा अत्यन्त महत्त्पूर्ण देखिन्छ।
चिम्पान्जीहरूले घण्टौँसम्म एकअर्कालाई स्याहार गरिरहन्छन्। एकअर्काबीच स्पर्श वा एकअर्काको शरीरबाट जुम्रा, कीरा झिक्ने जस्ता काम केवल सरसफाइमा मात्र जोडिएका छैनन्।
तिनले सामाजिक सम्बन्ध बलियो बनाउने मात्र होइन कि मस्तिष्कबाट दुखाइ कम गर्ने तथा रमाइलो अनुभव गराउने इन्डर्फिन नामक जैविक रसायन पनि उत्सर्जन गराउँछन्।
त्यसैले मानिसहरू आधुनिक अनलाइन सम्बन्धतर्फ मोडिए पनि ती पुराना सम्बन्धका आधारहरू हाम्रा मनमस्तिष्कमा अद्यापि छँदैछन्।
तै मानिसहरूका लागि मस्तिष्कको रमाइलो अनुभव गराउने केन्द्र क्रियाशील पार्ने अरू उपाय पनि छन्। अनलाइनमार्फत् वा सामाजिक दूरी कायम गरेर पनि रमाइलो अनुभव गर्न सकिन्छ।
हाँस्ने, गाउने, नाच्ने वा खानपान जस्ता क्रियाकलापले इन्डर्फिन निस्किन्छ र हाम्रा सामाजिक सम्बन्ध कायम भइराख्छन्।
प्राध्यापक डुन्बार भन्छन् हामीमध्ये अधिकांशका निम्ति यो सामाजिक दूरीको समय दुःखपूर्ण तर अस्थायी पीडा हुनेछ।
तर लकडाउनले प्रभावित पुराना सम्बन्धलाई मर्मत गर्न हामीले समय दिनुपर्नेछ।बीबीसी
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस