बिना थिङका सिमान्त कथा
बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ ।
१३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिक रुपमै सिमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ । कथाको शिर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ । यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा त यो पनि याम्बुकै अंगजस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ । त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेर याम्बुनेर नाम राखेको हुँ ।’
निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पुर्याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ । नयाँ वर्ष शुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको कथासंग्रह लकडाउनका कारण रोकिएको फिनिक्स बुक्सका अध्यक्ष गणेश सुवेदीले बताए ।
थिङको २०६९ सालमा ‘छुकी’ कथासंग्रह र ७२ सालमा ‘रातो घर’ कवितासंग्रह प्रकाशित छ । उनी बाह्रखरी कथा प्रतियोगिताको विजेतासमेत हुन् । किताब अनलाइनबाट पनि खरिद गर्न सकिनेछ ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस