• जीवनशैली | Jiwanshaili
  • सज्जा चौलागाईं बनिन्न नेपाल आइडल सिजन-३ को विजेता


    काठमाडौं- नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै उपाधि चुम्न सफल भएकी हुन् ।

    यसैगरी फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

    एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको थियो ।

    नेपाल आइड–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

    आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस