• जीवनशैली | Jiwanshaili
  • विराट र अनुष्का जनवरीमा बुवाआमा बन्दै


    एजेन्सी- अभिनेत्री अनुष्का शर्मा गभर्वती भएकी छिन् । अभिनेत्री शर्मा र भारतीय क्रिकेटर विराट कोहली आगामी जनवरीमा आमाबुवा बन्ने भएका छन् ।

    विराट र अनुष्काले एक साथ तस्बिर सेयर गर्दै लेखेका छन्, ‘अन्ततः हामी तीन । २०२१ जनवरीको पर्खाइ ।’ विवाह गरेको तीन वर्षपछि अनुष्का गर्भवती भएकी हुन् । आमाबुवा बन्न लागेको जानकारीपछि उनीहरूलाई उनीहरुका शुभचिन्तकहरुले शुभकामना दिन थालेका छन् ।

    उनीहरुले सन् २०१७ मा डिसेम्बर ११ मा इटालीमा एक गोप्य विवाह गरेका थिए ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस