• जीवनशैली | Jiwanshaili
  • यी १० देश जहाँ कोरोना छिर्न सकेको छैन


    कोभिड-१९ ले विश्वका अधिकांश देशलाई प्रभावित पारेको छ। तर १० वटा देश अहिले फैलिएको महामारीबाट मुक्त छन्। तिनले के गरेर कोरोनाभाइरसलाई आफ्नो भूमिमा छिर्न दिएनन् र अहिले तिनको अवस्था कस्तो छ?

    पलाउ होटल सन् १९८२ मा खोलिएको हो। चारैतिर नीलो समुद्रले घेरिएको यो सानो देशमा त्यतिखेर व्यापक रूपमा पर्यटन सुरु भएकै थिएन।

    सन् २०१९ मा पलाउमा ९०,००० पर्यटक आए। उक्त सङ्ख्या त्यहाँको जनसङ्ख्याको पाँचगुना बढी हो। सन् २०१७ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले त्यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको ४० प्रतिशत योगदान रहेको जनाएको थियो।

    तर त्यो सबै अब कोभिडभन्दा पहिलेको समय हो। गत मार्च महिनादेखि नै पलाउका सीमा बन्द गरिएका छन्।

    पलाउ विश्वभरिका १० देशमध्ये पर्छ जहाँ अहिलेसम्म एउटा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छैन।

    तर एक जनामा पनि सङ्क्रमण नभईकनै भाइरसले यो देशलाई आघात पारिरहेको छ।

    पलाउ होटल मार्चदेखि बन्द रहेको छ। त्यहाँका रेस्टुराँ रित्ता छन्। कोसेली बेच्ने पसलहरू बन्द छन्। होटलका पाहुना भनेका स्वदेश फर्किएर क्वारन्टीनमा राखिएकाहरू मात्र छन्।

    ‘संसारमा अन्यत्रभन्दा यहाँका समुद्र राम्रा छन्,’ पलाउ होटलका सहसंस्थापक ब्रायन ली भन्छन्।

    यही नीलो सागरले ब्रायनलाई व्यस्त राख्थ्यो। कोभिडभन्दा पहिले उनको होटलका ५४ कोठामध्ये ७० देखि ८० प्रतिशत भरिन्थे। तर अहिले खाली छन्।

    आफ्ना २० जना कर्मचारीलाई हाल पालिरहेको उनले बताए। अर्को छ महिना धान्न सक्ने उनको विश्वास छ। त्यसपछि भने होटल बन्द गर्न बाध्य हुनसक्ने उनी बताउँछन्।

    उनी सरकारलाई दोष दिन चाहँदैनन्। कम्तीमा भाइरस छिर्न नदिएकोमा खुसी छन्।

    त्यहाँका राष्ट्रपतिले हालै सेप्टेम्बर १ तारिखदेखि आवश्यक हवाई यात्रा सुरु गर्ने बताएका छन्। साथै ताइवानबाट पर्यटक ल्याउनेबारे कुराकानी भइरहेका छन्।

    त्यो छिटो भइदिए हुन्थ्यो भन्ने ब्रायनलाई लाग्छ। न्यूजील्यान्ड तथा अन्य त्यस्तै देशसँग यात्रा सम्पर्क थाल्नुपर्ने उनको धारणा छ। नत्र जीविका अप्ठ्यारोमा पर्ने उनी बताउँछन्।

    करिब ४,००० किलोमिटर पूर्वमा रहेको मार्शल आईलन्ड्स पनि भाइरसमुक्त छ। तर पलाउजस्तै भाइरस नहुँदैमा प्रभाव नपरेको चाहिँ छैन।

    त्यहाँका होटलहरूको पनि हालत उस्तै छ। देशभरिमा ७०० जागिर गुम्ने ठानिएको छ। जुन सन् १९९७ यताकै खराब अवस्था हो। तीमध्ये २५८ जागिर होटल तथा रेस्टुराँ क्षेत्रका हुन्।बिबिसी


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार