यसरी घरमै बनाउन सकिन्छ ‘फेसनेबल मास्क’
विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसको महामारीबाट जोगिन चिकित्सकहरुले एन -९५ सर्जिकल मास्क नै लगाउन सुझाव दिएका छन् । स्वास्थ्य संस्था र अस्पतालहरुमा यतिबेला एन९५ मास्कको माग बढ्दो छ ।
माग अनुसार मास्क उपलब्ध नहुँदा धेरै मानिसहरुले एन-९५ सर्जिकल मास्क किन्न पाइरहेका छैनन् । बजारमा मास्क नपाएमा राम्रो कटनको डबल लेयर मास्क घरमै सिलाउन पनि सकिन्छ ।
मास्क बनाउँदा नाकको माथिल्लो भागमा लचक भएको प्लास्टिक राख्नुपर्छ । चारैतिरबाट हावा नछिर्ने गरि बनाउन सकिन्छ ।

यदि तपाई पनि घरमै मास्क बनाउन चाहानुहुन्छ भने यहाँ छन् केही टिप्सहरु :
मास्क बनाउन चाहिने सामग्री
– बुनेको सुतीको सफा कपडा
– इलास्टिक अथवा रबर ब्यान्ड वा कपाल बान्ने रबर
– सुई र धागो वा कपडा सिउने मसिन
– कैची

मास्क बनाउने बिधि :
– सुतिको कपडालाई १० देखि ६ को आयातमा २ भागमा काट्नुहोस् र तिनीहरु कै माथिल्लो भागमा राख्नुहोस्
– त्यसलाई १-४ इन्चको लम्बाईमा फोल्ड गर्नुहोस्
– १-२ इन्चको लम्बाईमा कपडाको सानो भागलाई फोल्ड गरी धागो र सियोले सिउनुहोस्
– धगो ६ इन्च लम्बाई, १-८ इन्च चौडाईको इलास्टिक वा रबर, अब यसलाई मास्कको चारैतिर राखेर कानको साइज अनुसार सिउनुहोस्
यदी तपाईसँग इलास्टिक छैन भने कपाल बान्ने रबर या रबर ब्यान्डबाट पनि यसलाई बनाउन सकिन्छ, यदी तपाईसँग कपडा मात्र छ भने कपडालाई लामो गरी काटेर टाउकोको पछाडी कानको वरिपरिबाट कपडाको लामो भागलाई कसेर बाध्नुहोस् ।

– अनुहारमा मिल्ने गरि मास्कमा इलास्टिकलाई मिलाएर राख्नुहोस्
– अब इलास्टिकलाई मास्कको छेउबाट नचिप्लीने गरि सिउनुहोस्
यसरी ६ स्टेपमै तपाईको फेसनेबल मास्क तयार भयो ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस