पूजा गर्दा धूप किन बालिन्छ ?
पूजा गर्दा धूप बाल्ने चलन सबै धर्ममा विद्यमान छ । धूप विना कुनै पनि पूजा अधुरै मानिन्छन् । के रहेछ त धूप बाल्नुको रहस्य ?
खासमा धूपको धूँवाले घरको नकारात्मक ऊर्जालाई नष्ट गरिदिन्छ । यो धूँवाले वातावरण पवित्र र शुद्ध हुन्छ । त्यसैले कुनै कुनै घरमा त बिहानदेखि बेलुकीसम्म घूप बालिन्छ ।
धूपको धूँवाले ब्याक्टेरियालाई नाश गर्छ । त्यसैले कतिपय अस्पतालले पनि धूप बाल्ने गर्छन् ।
प्राकृतिक तवरले बनाइएका धूप स्वास्थ्यको लागि लाभदायक हुन्छ । आजकल भने अगरबत्तीमा केमिकल मिसाइन थालिएको छ । बाटेको धूप चाहिँ अहिलेसम्म शुद्ध नै पाइन्छ ।
प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसार हल्का र मीठो खालको सुगन्ध मनुष्यको चित्तलाई शान्त गर्छ । त्यसैले यसको प्रयोग प्राकृतिक चिकित्सामा हुन्छ ।
सकारात्मक ऊर्जाका लागि पनि धूप बाल्ने गरिएको हो । एजेन्सी
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस