विश्वको प्रतिष्ठित टोरिनो ल्याब मा नेपाली चलचित्र ‘होरी’
विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र ‘होरी’ समावेश भएको छ । कोभिडको महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ले यस वर्ष अनलाइन ल्याब संचालन गर्ने घोषणा गरे अनुरुप सुरु गरिएको टोरिनो ल्याबमा होरी चलचित्र छानिएको हो ।
अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी फिल्म माओवादी द्वन्द्वको समयको कथामा आधारित छ । चलचित्र मुख्य रुपमा डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने चलचित्र निर्माण पक्षले जनाएको छ ।
सरोज सापकोटा निर्माता रहेको चलचित्र ‘होरी’ मुख्य रुपमा डोटेली भाषामा हुने छ । चलचित्रको नाम ‘होरी’ डोटेली भाषाबाटै लिइएको हो । होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ ।
‘होरी’ चलचित्र यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भैसकेको छ ।
यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन् । जसम मध्ये दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको हो ।
यस पटक अनलाईन मार्फत टोरिनो ल्याबले ३ वटा फिल्म डेभलप्मेनट वर्कशप गर्दैछ । तीन वटा ल्याबमा गरी विश्वभरी ३६ चलचित्र प्रोजेक्ट छानिएको ल्याबले जनाएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस