• जीवनशैली | Jiwanshaili
  • अर्जुन कपुर र मलाइका अरोरालाई कोरोना संक्रमण


    एजेन्सी- बलिउड अभिनेत्री मलाइका अरोरा र अर्जुन कपुरलाई पनि कोरोना संक्रमण भएकोृ छ । उनीहरु दुवैले आआफ्नो इन्स्टाग्राममा यस्तो खुलासा गरेका हुन् । मलाइकाले भनेकी छन्, ‘आज मलाई कोरोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म सञ्चै भएको जानकारी गराउँछु । मलाई लक्षण देखिएको छ । र यसका सबै मापदण्ड पछ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वारेन्टाइनमा बस्नेछु । तपाईँहरु सबैलाई शान्त र सुरक्षित रुपमा बस्न आग्रह पनि गर्छु । साथै सहयोगका लागि सबैलाई धन्यवाद ।’

    यस्तै, सेप्टेम्बर ६ मा अर्जुन कपुरले आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत दिएका थिए । उनले भनेका थिए कि, ‘मलाई कोरोना पोजिटिभ भयो भनेर तपाईँ सबैलाई भन्नु मेरो दायित्व हो । मलाई ठीकै छ । र म आफ्नै घरमा आइसोलेट भएको छु ।

    यसबीचमा बलिउडकर्मीहरु पनि तीव्र रुपमा कोरोना संक्रमण भएको छ । भारत अत्याधिक संक्रमित बढ्ने देशमध्ये दुई स्थानमा पर्दछ ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस