सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती पक्राउ, अदालतद्धारा जमानत दिन अस्विकार
एजेन्सी- बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी चक्रवर्तीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मंगलबार रियालाई अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा छानबिन गरिरहेको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले गिरफ्तार गरेपछि अदालतले उनको जमानत अस्विकार गरेपछि उनलाई १४ दिनका लागि हिरासतमा पठाइएको छ ।
चक्रवर्तीको मेडिकल जाँच समेत हुने जनाइएको छ । सुशान्तको आत्महत्यापछि बलिउडमा यस विषयले निकै विवाद खडा गरेको छ । बलिउडका कलाकारसमेत दुई पक्षमा विभाजित भएर आफ्ना अभिव्यक्ति दिँदै आएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस