टीवी अभिनेत्रीले गरिन् आत्महत्या, टिकटकको माध्यमबाट प्रेमीले शोषण गरेको परिवारको दावी
एजेन्सी- आन्ध्रप्रदेशमा तेलुगु टिभी धारावाहिककी एक अभिनेत्रीले आफ्नो घरमा झुन्डिएर आत्महत्या गरेकी छिन् । आन्ध्रप्रदेशकी मूल निवासी २६ वर्षीया कोंडापल्ली श्रावणीलाई मंगलबार कोठाको सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा परिवारले भेटाएका थिए ।
झुण्डिरहेको अवस्थामा भेटेपछि परिवारले उनलाई अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषित गरेका थिए । अभिनेत्रीलाई प्रेमी देवराज रेड्डीले टिकटकको माध्यमबाट लगातार शोषण गरिरहेका थिए । जसका कारण अभिनेत्री आत्महत्या गर्न बाध्य भएको आमाबुवाले आरोप लगाएका छन् ।
अधिकारीका अनुसार मंगलबार राती आफ्नो आमा–बुवासँग कुरा गरेपछि श्रावणी कोठामा गएकी थिइन् । धेरै बेरपछि पनि उनी बाहिर निस्केपछि परिवारले ढोका ढक्ढकाए भित्रबाट केही जवाफ पाएनन् । जवाफ पाउँदा उनीहरु कोठाभित्र जाँदा श्रावसी झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
श्रावणीले थुप्रै टेलिभिजन धारावाहिकमा अभिनय गरेकी छिन् र तीमध्ये केहीमा उनको काम पनि भइरहेको थियो । उनका आमाबुवाले अभिनेत्रीसँग परिचित काकीनाडाका एक व्यक्तिमाथि आत्महत्या दुरुत्साहनको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन् ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस