मुम्बई पुग्ने बित्तिकै कंगनाले भनिन्, ‘आज मेरो घर भत्किएको छ, भोलि उद्धव ठाकरेको घमण्ड भत्किनेछ’
एजेन्सी- कंगना रनौटले आफ्नो कार्यालयमा जोडर चलाइएको विषयलाई लिएर ट्वीटरमा भिडियोमार्फत महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई चेतावनी दिएकी छन् । हिमाञ्चल प्रदेशबाट मुम्बई फर्किए लगत्तै कंगनाले भिडियो सन्देशमा भनेकी छन्, ‘आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड भत्किनेछ ।’
उनले भिडियो सन्देशमा भनेकी छन्, ‘उद्धव ठाकरे, चलचित्र माफियासँग मिलेर मेरो घर भत्काएर मसँग ठूलै बदला लिए जस्तो लाग्छ होला । आज मेरो घर भत्किएको छ, भोलि तिम्रो घमण्ड टुट्ने छ । याद रहोस् यो समयचक्र हो, सधैँ एकनास हुँदैन । मलाई लाग्छ तिमीले यो गरेर मलाई ठूलो गुन लगायौँ । काश्मिरी पण्डितहरुलाई त्यो बेला के भएको थियो होला, त्यो म महशुस गर्न सक्छु । आज म यो देशलाई वचन दिन्छु कि अयोध्यामा आधारित मात्र हैन कश्मिरमा आधारित पनि चलचित्र बनाउँछु । र आफ्नो देशवासीलाई जगाउँछु कि यो हामीमाथि किन हुन्छ । ममाथि यस्तो भयो यसको केही कारण छ, मतलब छ । उद्धव ठाकरे राम्रो भयो, यो क्रुरता ममाथि भयो किनभने यसको केही अर्थ छ । जय हिन्द, जय महाराष्ट्र ।’
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस