पेरुमा एकै समयमा १४० बालबालिकाको सामूहिक बलि !
एजेन्सी- पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बलि दिएको हुनसक्ने ‘नेसनल जियोग्राफिक’ तथ्य सामने आएको छ ।
नेसनल जियोग्राफिकको अग्रतामा गरिएको यस अनुसन्धानको क्रममा करिब ५५० वर्षअघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बलि दिइएको पुरातत्वविद्ले बताएको बीबीसीले उल्लेख गरेको छ ।

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बलि दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ ।
पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बलि दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।

सो अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ ।
यस अनुसन्धानका प्रमुख जोन भेरानोका आफूले यस्तो अपेक्षा नगरेको र अरुले पनि यस्तो होला भनेर नसोचेको बताए ।

सन् २०११ मा पहिलो पटक तीन हजार पााच सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा वान्चाकिटो लास लामास भन्ने ठाउँबाट पहिलो पटक नरबलि दिइएको ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला पारिएको थियो ।
समाचारका अनुसार यसप्रकार बलि दिइएहरुमा ५ देखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको रहेका छन् । प्रायः बालबालिका ८ देखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिकले जनाएको छ ।

क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस