• जीवनशैली | Jiwanshaili
  • सुशान्त मृत्यु प्रकरण : दीपिका पादुकोण पनि जोडिइन्


    एजेन्सी- सुशान्तसिंह राजपूत मृत्यु प्रकरणको अनुसन्धानका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणको नाम पनि जोडिएको छ । भारतीय दुई टिभी च्यानल आजतक र रिपब्लिकले लिएको ३ वर्षअघिको कुराकानीलाई उदृत गर्दै दीपिका पादुकोणसँग ड्रग्स कनेक्सन भएको दाबी गरिएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।

    उक्त घटनाको अनुसन्धान गरिरहेको एनसीबीले यो विषयमा दीपिकाको म्यानेजर करिश्मा प्रकाशलाई सोधपुछ गरेको जनाइएको छ । श्रोतका अनुसार यो केसमा आफ्नो नाम मुछिएपछि दीपिका कानूनी परामर्श गर्ने तयारीमा रहेकी छिन् । अर्कोतर्फ एनसीबी टोलीले दीपिकाका म्यानेजर करिश्मा प्रकाश र अर्का प्रबन्धक जया साह र श्रुति मोदीलाई सोधपुछ गर्न सक्ने सम्भावना रहेको छ ।

    सुशान्त मृत्यु प्रकरणमा अहिले एनसीबी टोलीले कहाँ कहाँ ड्रक्स कनेक्सन थियो भनेर गहिरो अनुसन्धान गरिरहेको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस