गायक शेर्माको ‘ज्यानै हाजिर भो’
ब्रविम शेर्माको स्वरमा रहेको गीत ‘ज्यानै हाजिर भो’ सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
लिम्बू संस्कृतिलाई आधार बनाएर तयार पारिएको गीतमा संगीत तथा शब्द राजन मुकारुङको रहेको छ । किरण चाम्लिङको निर्देशन रहेको भिडियोमा गायक शेर्मा तथा इक्शा मादेनले मोडलिङ गरेका छन् ।
उपन्यास र कविता लेखमा सक्रिय रहेका मुकारुङ पछिल्लो समय गीत लेखन तथा संगित सिर्जनामा समेत सक्रिय छन् । ‘नेपाली गीत संगितमा नयाँ प्रयोग गर्ने प्रयास स्वरुप रैथाने शब्दहरु राखेर गीत सिर्जना गरिएको हो,’ मुकारुङले भने ।
करिब डेढ दशकदेखि संगीतमा सक्रिय गायक शेर्मा विशेष गरेर लिम्बु भाषाकोे गीतका कारण स्रोतामाझ परिचित छन् । लिम्बु भाषामा एक सय भन्दा धेरै गीत गाइसकेका शेर्माले नेपाली भाषामा समेत तीन दर्जन जति गीतमा स्वर दिइसकेका छन् ।
गीतको भिडियो च्याब्रुङ नाचलाई केन्द्रमा राखेर निर्माण गरिएको छ । भिडियो मार्फत गाउँ छाडेर बाहिरिन बाध्य मानिसहरुको कथालाई प्रस्तुत गर्न खोजिएको म्यूजिक भिडियो निर्देशक चाम्लिङले बताए । उनले भने, ‘लिम्बु समुदायलाई प्रतिनिधि बनाउँदै, सिंगो नेपाली समाजले भोगिरहेको व्यथालाई प्रस्तुत गर्ने प्रयास गरेको हुँ ।’
पाँचथरका विभिन्न स्थानको दृश्य देख्न पाईएने भिडियोको छयांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । लक डाउनकै समयमा तयार भएको गीत र भिडियो दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् गायक शेर्माले ।
हेर्नुहाेस् युट्युब लिंक
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस