• जीवनशैली | Jiwanshaili
  • सुशान्त मृत्यु प्रकरणः लागुऔषध खरिदमा जोडिएकी दीपिकासहित चार अभिनेत्रीलाई बयानका लागि उपस्थित हुन आदेश


    एजेन्सी- सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा बलिउड/लागुऔषध खरिदको कोण जोडिएपछि सोको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले बुधबार चार जना बलिउड अभिनेत्रीलाई बयानका लागि उपस्थित हुने आदेश दिएको छ।

    एनसिबीले दीपिका पादुकोण, श्रद्धा कपुर, रकुल प्रीत सिंह तथा सारा अलि खानलाई सोधपुछका लागि उपस्थित हुने आदेश दिएको हो।

    भारतीय समाचार संस्थाका अनुसार एनसिबीका वरिष्ठ अधिकारीले अभिनेत्री दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार बोलाएको छ।

    त्यसैगरी अभिनेत्री रकुल प्रीत, सुशान्तकी म्यानेजर रहिसकेकी श्रुति मोदी र डिजाइनर सिमोन खम्बाटालाई बिहीबार पेस हुने आदेश दिइएको छ भने साला अलि खान र श्रद्धा कपुरलाई शनिबार बोलाइएको छ।

    एनसिबीका वरिष्ठ अधिकारीले यस प्रकरणमा ट्यालेन्ट म्यानेजर जय साहले केही महत्वपूर्ण सूचना दिएको बताएका छन्।

    यसअघि दीपका पादुकोणकी व्यवस्थापक करिश्मा प्रकाशलाई पनि जाँचका लागि बोलाइएको थियो। तर प्रकाशले आफ्नो स्वास्थ्य अवस्था ठीक नभएकाले यसका लागि केही समय मागेकी छन्।

    उनलाई शुक्रबारसम्मका लागि छुट दिइएको छ। प्रकाशको ह्वाट्सएप च्याटमा लागुपदार्थका बारेमा कुराकानी भएको पाइएको छ।

    लागु पदार्थ खरिद प्रकरणमा हालसम्म कयौं बलिउड स्टारहरूको नाम सार्वजनिक भइसकेको छ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस