बलिउड ड्रग्स प्रकरण : आज दीपिका, श्रद्धा र सारासँग सोधपुछ हुने
एजेन्सी- बलिउड अभिनेता सुशान्तसिंह राजपूतको मृत्युपछि उठेको लागुऔषध मुद्दामा आज केही बलिउड कलाकारसँग सोधपुछ हुने भएको छ । अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर र सारा अली खानसँग आज एनसिबीले सोधपुछ गर्नेछ ।
यसअघि शुक्रबार अभिनेत्री रकुल प्रित सिंह र दीपिकाकी व्यवस्थापक करिश्मा प्रकाशसँग सोधपुछ गरिएको थियो । रकुल प्रितले भने ड्रग्स लिएको स्विकारिन् भने करिश्माले ड्रग्स कहिले नलिएको बताएकी छिन् । करिश्माले भनेकी छिन्, ‘दीपिका आफ्नो हेल्थको लागि एकदमै सचेत छिन्, उनी ड्रग्स प्रयोग गर्दिनन्, च्याटमा उनले सिग्रेटको कुरा गरेकी हुन् ।’
करिश्माको यस्तो बयानपछि एनसिबीले दीपिका र करिश्मालाई आमनेसामने राखेर आज पनि सोधपुछ गर्ने छ । यसबाहेक ब्युरोले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रविप्रसाद र अनुभव चोपडासँग पनि सोधपुछ गरेको छ ।
सुशान्त सिंहको मृत्यु प्रकरणमा लागुऔषध प्रयोगको विषय उठेपछि ब्युरोले ‘बलिउड(ड्रग्स नेक्सस’को अनुसन्धान गरिरहेको छ ।
लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानका क्रममा लागुऔषध खरिद गर्ने विषयमा अहिले कैयौं बलिउड स्टारहरूको नाम अगाडि आएको छ ।
धेरै सेलिब्रेटीहरूलाई ब्यूरोले सोधपुछका लागि बोलाएको छ । यसअघि ब्युरोले ८ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई लागुऔषध मुद्दामा पक्राउ गरेको थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस