बलिउड ड्रग्स प्रकरण : दीपिकाले भनिन्, ‘मैले माल मागेकी हुँ तर माल भनेको सिगरेट हो’
एजेन्सी – ड्रग्स च्याट सार्वजनिक भएपछि भारतीय नार्कोटिक्स विभागको फन्दामा परेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन्। तर, आफूले च्याटमा माल भनेको ड्रग्स नभएर सिगरेट भएको बताएकी छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन्। विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटका विषयमा प्रश्न गरेका थिए। उनीहरुले माल भनेको के हो भनेर सोधेपछि दीपिकाले यस्तो जवाफ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
च्याट सार्वजनिक भएपछि श्रद्धा कपूर, रकूल प्रित, सारा अलि खानसमेत ड्रग्स केसमा धेरै बलिउडकर्मी तानिएका छन्। उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ। अभिनेता सुशान्तसिंह राजपुतको शंकास्पद मृत्युबारे छानविन गर्दा उनकी पूर्व प्रेमिका रिया चर्कोवर्ती ड्रग्स केसमा फसेकी थिइन्। त्यसपछि नार्कोटिक्स बिभागले बलिउडमा ड्रग्सको प्रयोगबारे अनुसन्धान शुरु गर्दा पूरै बलिउड बदनामित भइरहेको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस