यस वर्षको पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द
काठमाडौं- खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्ष वितरण गर्ने पद्मश्री पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार र सम्मान रद्द गर्ने निर्णय गरेको हो ।
पद्मश्री पुरस्कारका लागि सञ्जीव उप्रेतीको ुहंसु छनोट भएको थियो भने पद्मश्री साधना सम्मानका लागि मोदनाथ प्रश्रित छनौट भएका थिए । पुरस्कार र सम्मान प्रतिष्ठानले एकै समयमा विवतरण गर्दै आएको थियो । तर उप्रेतीले प्रश्रितसँगै बसेर पुरस्कार ग्रहण नगर्ने घोषणा गरेपछि प्रश्रितले पनि सो पुरस्कार ग्रहण नगर्ने घोषणा गरेका थिए ।
यसरी विवादमा परेपछि यस वर्षको पद्मश्री पुरस्कार कार्यक्रम नै रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छु’, प्रतिष्ठानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस