भारतमा प्रेमिकासँगै बस्दै आएका एक अभिनेताको झुण्डिएको अवस्थामा शव फेला, हत्या भएको परिवारको दाबी
एजेन्सी- सुशान्त सिंह राजपुतको मृत्युको रहस्य सुल्झिन नपाउँदै भारतमा फेरि अर्का अभिनेताले आत्महत्या गरेका छन् । मुम्बईमा बिहारका अक्षत उत्कर्षको संकास्पद अवस्थामा परिवारले शव भेटाएका थिए । परिवारले उनको हत्या भएको दाबी गरेका छन् । यस्तै, मुम्बई पुलिसले अफूहरुलाई सहयोग नगरेको अक्षतका परिवारको आरोप छ ।
मुजफ्फरपुरको सिकन्दरपुरका अक्षतको शवलाई मंगलबार बिहान परिवारले विमानबाट पटना एयरपोर्ट लिएर मुजफ्फरपुर पुगेका थिए । मुम्बई पुलिसका अनुसार अक्षतले आत्महत्या गरेका थिए । अक्षत आरटीओ ऑफिस नजिकै अपार्टमेन्टमा एक पार्टनरसँग लिव इन रिलेशनशिपमा बस्दै आएका थिए । उनकी प्रेमिकाले भनिन्, ‘अक्षत आइतबार साँझ अजीब व्यवहार गरेका थिए । करीब १ घन्टा जति कुरा गर्यौं र डिनर पनि सँगै गरेका थियौं । जब रातिको ११ः३० बजे अक्षत हलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यसपछि मैले नुरुन्त पुलिस १०० मा कल गरे खबर गरे । अंबोली पुलिस सोही समयमा आइपुग्यो । र उसलाई अस्पताल लिएर गए जहाँ अक्षतलाई मृत घोषित गरियो ।’
परिवारले लगाए हत्याको आरोप
अक्षत बिहारको मुजफ्फरपुरका थिए र उनी स्नेहा चौहान नामकी केटीसँग लिवइन रिलेशनशिपमा थिए । स्नेहा पनि अभिनेत्री नै हुन् । परिवारले आरोप लगाए की अक्षतलाई फोन गर्दा कुनै जवाफ आएन पछि मात्र स्नेहाले अक्षतको आत्महत्याको जानकारी दिइन् । अक्षतका बाबु विजयंत सिंहले मेरो छोराले आत्महत्या गर्न सक्दैन भन्दै आरोप लगाए । उनीसहित उनका परिवारले अक्षतको हत्या गरेको दावी गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस