• जीवनशैली | Jiwanshaili
  • दीपा राईको नयाँ गीत ‘मैले कोरेको चित्र’


    बोस्टन , अमेरिका। साहित्यकार दीपा राई पुनले  ‘मैले कोरेको चित्र’ बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् ।

    गत बिहीबारबाट युट्युवमार्फत सार्वजानिक  भएको उक्त गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने प्रतापदासले स्वर भरेका छन् । निकेश खड्काको निर्देशनमा तयार भएको गीति भीडीयोमा नायिका प्रियंका कार्की र नायक आयुशमान देशराजले अभिनय गरेका छन् ।

    विशेषतः कविताका क्षेत्रमा कलम चलाउदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा बिमला राईले गरेकी हुन् । मायामा बिश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ्र । चलनचल्तिको गीतभन्दा फरक धारमा गीत लेख्दै आएकी दीपाको ‘छुटेको बागदाता’ कवितासंग्ह प्रकाशित छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस