गाउँ जाने बस
हुलिया—
झ्यालको शीशा फुटेको
रङ खुइलिएर खिया लागेको
हेर्दै जिन्दगीभर ननुहाएजस्तो
यो बसपार्कमा
कत्ति सजिलै चिनिन्छ
मेरो गाउँ जाने बस !
जो सखारै हिँड्छ
बोक्दै कमिलाले जस्तो
आफूभन्दा गह्रुङ्गो भारी
एक्कैछिन सज्जन बनेर हिँड्छ
कालोपत्रे सडकमा
र दिनभरि हिँड्छ
पाइला ठेगानमा नभएको कुनै पियक्कडजसरी
धुले सडकमा
त्यही बसमा
वर्षौंपछि विदेशबाट कसैको छोरो
रित्तै भए पनि घर आउँछ
अमिलो खबर बोकेरै भए पनि हुलाकी आउँछ
अनि त्यही बसमा
महङ्गो मोलकै सही
दाल–चामल आउँछ
गाउँको आङ ढाक्ने
एकसरो कपडा आउँछ
स्वास्थ्यकर्मी नआए पनि
औषधि आउँछ
गाउँ जाँदा हामीलाई
आधा बाटोमै छाड्ने
त्यही बसलाई देखाउँदै
मेरा सुकिला साथीहरू मलाई भन्छन्—
‘ऊ तेरो गाउँ जाने बस !’
तर खासमा,
आजसम्म पनि
बसले मेरो गाउँ
र मेरो गाउँले बसलाई देखेकै छैन ।
०००
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस