• जीवनशैली | Jiwanshaili
  • यस्तो छ अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’को ट्रेलर


    बलिउडका चर्चित कलाकार अक्षय कुमारको चलचित्र ‘लक्ष्मी बम्ब’को ट्रेलर आज रिलीज भएको छ। कोरोनाको कारण सिनेमा घरमा नभएर यो फिल्म ओटीटी प्लेटफर्ममा रिलीज गरिएको छ। ‘लक्ष्मी बम्ब’ डिज्नी प्लस हटस्टारमा तिहारको अवसरमा रिलीज हुनेछ।

    चलचित्रको ट्रेलर सावैजनिक गर्दै अक्षयले लेखेका छन्, ‘जहाँ कही भएपनि त्यहि रोकीएर तयार हुनु लक्ष्मी बम्बको ट्रेलर हेर्न।’ सो चलचित्रमा अक्षय कुमारसँगै कियारा आडवाणीको भूमिका पनि देख्न सकिन्छ। चलचित्रमा अक्षय कुमार तेस्रो लिंगी भुतको भूमिकामा रहनेछन्।

    यो एक कमेडी चलचित्र हो। चलचित्रलाई राघव लोरेन्सले निर्देशन गरेका छन्। यो चलचित्र साउथ सुपरहिट फिल्म ‘मुनी २’ ‘कंचना’को हिन्दी रिमेक हो। यो चलचित्र नोभेम्बर ९ मा रिलिज हुनेछ।

    सो ट्रेलर सार्वजनिक भएसँगै थुप्रै भारतीय कलाकारहरुले उत्साह पूवर्क प्रक्रिया दिएका छन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस