• जीवनशैली | Jiwanshaili
  • कथा : आत्महत्या


    अमित संग्रौला

    चौध वर्षकी फूलजस्ती छोरी गर्भवती भएको थाहा पाएपछि छाँगाबाट खसेजस्तो भए मोहनप्रसाद । कति मायाले हुर्काएका थिए । आँखाको नानी बनाएर राखेका थिए । उसका इच्छा र चाहेका सबै पुरा गरिदिएका थिए ।

    भर्खर नौ कक्षा पढ्दै थिई । राम्री थिई, सोझी पनि थिई सरु । तैंलै कसको पेट बोकिस् भन् भनेर करकाप गरियो तर केहि बोल्न सकिन । सरुको आमा रमिलाले – दुई झाप्पड हिर्काइन । कसरी मुख देखाउनु समाजमा हे भगवान्, तैंले यो के गरिस् ?

    यो सब तेरो कारणले गर्दा हो छोरीलाई पुल्पुराएर यस्तो देख्नुपर्यो आज । छोरी कहाँ जान्छे कोसँग बाल्छे भनेर बाउलाई मतलब छैन । दोष जति मलाई थुर्पानु भतभताउन थालिन् रमिला ।

    धेर नबोल् मोहनप्रसादले थपे । छोरीलाई पेट दुख्यो भनेर लगेको स्वास्थचौकी दुईजिउ छ भनेर सुन्दा एकछिन स्तब्ध भएँ । मनभित्र आँधि चल्यो । मोहनप्रसाद चकित भएँ । हातखुट्टा कामेका थिएँ । अविवाहित छोरी भर्खरै चौध मात्र टेकेकी गर्भवती छ भनेर सुन्दा आफैलाई नै सम्हाल्न नसक्ने भएका थिए ।

    सरुको भाइ पनि छ– आठ वर्षको, उसलाई थाहा छैन । उसको दिदीको बारेमा । छोराछोरी पढाउन हुर्काउन गाह्रो भयो भनेर ऊनीहरु सहर पसेका थिए । पुलिसको नोकरी गरेर पेन्सनसमेत पकाएका थिएँ मोहनप्रसादले । छोराछोरी कै लागि भनेर यस्तो दुःख गरियो आज आएर यो देख्न पर्यो । त्यो केटा को हो ? कहाँ बस्छ ? भन् तेरो हामी बिहे गदिर्छौं समेत भने बाआमाले ।

    अहँ पटक्कै बोलिन सरु । बर्खाको समय छ । पानी परेको  परेकै छ । हप्ता दिन भइसक्यो । साँझको खाना खाएर मोहनप्रसादले भने– अब यहाँ बस्नु हुँदैन । अन्तै कहिँ गएर बस्नु पर्छ । समाजमा इज्जत जाने भो । यो घर बेचेर अन्तै कहिँ बस्नुपर्छ । उनले फेरि भने – छोरीलाई गर्भपतन गराईदिनु पर्छ ।

    त्यो केटा को हो ? खोजी गरौं न रमिलाले भनिन् । त्यो केटा को हो भनेर खोज्दै गयो भने समाजमा हाम्रो इज्जत अझ जानेछ । छोरी नाबालकै छे । बिहे गर्ने उमेर पनि भएको छैन मोहनप्रसादले भने । मैले डक्टर चिनेको छु । उतिखेर नै फोन गरेर उनले समस्या भने र भोलि बिहानै भेट्ने निधो गरे ।

    रात छिप्पिँदै थियो । गएर सुत भनी आमाचाहिँ ले । अँध्यारो मुख पार्दै कोठातिर गई सरु । उसको मनभित्र अनेक कुरा खेल्न थाल्यो । अब के हुन्छ ? मेरो भविश्य कस्तो हुन्छ ? मसँग बिहे गर्लान कि नगर्लान् ? मसँग ठूलो भुल भयो ? प्रश्ताप गर्न थालिन सरु । बिहे गर्छु भन्यो उसले । मायाको संसार देखेर । उसँगै पढ्ने केटासँग शारिरीक सम्बन्ध राखी सरुले कलिलै उमरमा । यौन र प्रजनन् शिक्षाबारे उसलाई थाहा पनि थिएन । किशोरावस्थामा आउने परिर्वतनमा सजग नभएको कारणले यस्तो भुल गर्न पुगी । त्यो केटाको बारेमा भनुँ भने मसँग बिहे गरिदैनन् ऊ कामीको छोरा हो । म त ब्राह्मण परिवारकी छोरी हुँ । सरुलाई लाग्न थाल्यो– म बाँच्नुको औचित्य छैन । मैले बा–आमाको नाक काटें । बाबाको मनभित्र ठूलो धक्का लााग्यो । ऊभित्र मर्ने भावना पलाउन थाल्यो । विचारहरूले द्वन्द्व खेल्न थाले मनभित्र । अनेक कुरा आयो दिमागमा ।

    उसले आमालाई सम्झी आमाले भनेकाे– अब समाजमा मुख कसरी देखाउनु भनेको कुरा सम्झी । बा–आमालाई सम्झेर धरधरी रोई । अब मदैंछु कल्पना गर्न थाली । खिट्की खोलेर हेरी बाहिर पानी परिरहेको थियो । चिसो बतास पनि चलिरहेको थियो । पानी देखेपछि बल्ल थाहा पाई उसलाई प्यास लागिरहेको थियो । जगबाट पानी सारेर खाई । पानी पिएपछि थोरै आराम मिल्यो । सरुले सोच्न थाली गएको महिना डिसेम्बर अम्तिममा कोरोना भाइरस फैैलियो । यो भाइरसले गर्दा लाखौं मानिस मरे । विश्वभरीनै लकडाउन भयो । बाबाले पसल बन्द गर्नुभयो महिनौंसम्म । यस्तो माहामारीको समय छ । दशैं पनि आइसक्यो । अब केही दिन मात्र बाकी छ । मैले आत्माहत्या गरे भने के हुन्छ ? कति पीडा हुन्छ ? मर्नु समस्याको सामाधान पनि होइन नी ।

    जीवनमा विभिन्न चुनौतिलाई पार गर्दै अघि बढ्न सकिन्छ । ऊभित्र बाँच्ने चाहाना पलाउन थाल्थो । जीवन अझै सकिएको छैन । यति राम्रो संसार छ । मेरो कारणले अझ पीडा दिन म चाहन्न बाबा–मम्मीलाई । केही हदसम्म सकारात्मक भई । रात निक्कै छिप्पिसकेको थियो । उसलाई निन्द्राले छोपीसकेको थियो । म मर्दिन भनेर संकल्प गरी र निदाई, सरु ।

    बिहानै मोहनप्रसादले डाक्टरको लगेर सुरक्षित गर्भवतन गराइदिए । छोरीलाई सान्तवना दिँदै भने– राम्रोसँग पढ्नु यस्तो भुल कदापि पनि नगर्नू। केही दिनसम्म आराम गरि सरुले । कोरोना भाइरसले गर्दा बन्द भएको स्कुल पनि खुल्न थाल्यो । लकडाउन पनि खुलेर पसलहरु पनि खुले । घर बेचेर अन्त काहीँ गएनन् ।

    केही समयपछि त्यो समस्या साम्य भयो । सरु अझ मिहेनत गरेर पढ्न थाली । हेर्दाहेदै दशैं नजिक आयो । यो घटनाको केही दिन पछि सरुले सुनाई त्यो रात मर्न लागेको थिएँ । छक्क परेर मुखामुख हेर्न थाले मोहनप्रसाद र रमिला, छोरीतिर हेरेर ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस