• जीवनशैली | Jiwanshaili
  • इलामकी ८ वर्षीया कोरोना संक्रमित बालिकाको मृत्यु


    इलाम- इलाममा एक ८ वर्षीया बालिकाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका–१२ की ८ वर्षीया बालिकाको दुईवटै मिर्गौलाले काम गर्न छाडेको थियो।

    चार दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकालाई उपचार गर्दा स्वास्थ्यमा सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएको थियो। डिस्चार्जपछि घर लैजादै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो।


    क्याटेगोरी : कोरोना अपडेट, समाज

    प्रतिक्रिया दिनुहोस