घरैबाट शारदीय कविता उत्सव
त्रिशुली वाङमय प्रतिष्ठानले प्रत्येक घटस्थापनाको दिन आयोजना गर्ने ‘शारदीय कविता उत्सव’ यो वर्ष घरबाटै मनाइएको छ । अर्थात भर्चुअल विधिबाट काव्य गोष्ठी गरी कविता उत्सव मनाइएको हो ।
कार्यक्रममा देशैभरिको प्रतिनिधित्व गर्दै प्रदेशस्तरबाट, नुवाकोटबाट र काठमाडौंबाट कविहरूले रचना वाचन गरे । प्रज्वल अधिकारी, निर्भीकजंग रायमाझी, किरण कालीकोटे,पुर्षोत्तम लम्साल, काजी खान, नारायण निरासी, बुँद राना, बलराम दाहाल, असीम सागरलगायतले कविता सुनाए । प्रमुख अतिथिको रुपमा प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भैरवी भूगोलबाट भएको थियो ।
महामारीलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम भर्चुअल विधिले गरेको त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष कवि आरएम डंगोलले बताए ।

क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस