• जीवनशैली | Jiwanshaili
  • दशैंमा इन्डिगो इन्कका ५ पुस्तक


    दशैं बिदाका लागि ‘इन्डिगो इन्क’ प्रकाशनका यी पाँच पुस्तक तपाईंका साथी बन्न सक्नेछन् । फरक-फरक विधाका यी पुस्तक पढेर तपाईं लामो बिदा कटाउन सक्नुहुनेछ । कोरोना कहरमा अध्ययनले तपाईंलाई उर्जा दिनेछ र आत्मविश्वास पनि ।

    १. सपना कल्पना र फूल :  देश सुब्बाको यो कविता संग्रह प्रयोगवादी काव्य हो । दर्शन, इतिहास र कल्पनाको प्रयोगमा लेखिएका कविता पाठकका लागि नयाँ स्वादको हुनेछ ।

    २. कम्युनिष्ट स्कुल : मनहरि तिमल्सिनाद्वारा लिखित कम्युनिस्ट स्कुलले मार्क्सवादी दर्शनमा आधारित नेपालको राजनीतिमाथि प्रकाश पारेको छ । यसमा राष्ट्रिय, अन्तरराष्ट्रिय राजनीतिक कुराहरूको जानकारी पाइन्छ ।

    ३. छकालै : समकालीन २० जना युवा कथाकारको कथा रहेको यो संग्रह नेपाली साहित्यमा सबैभन्दा पछिल्लो पुस्ताले लेखेको कथा–किताब हो । ‘नवीन’को सम्पादन रहेको यो संग्रहमा नयाँ स्वादका, नयाँ जीवनका कथाहरू पढ्न पाइनेछ ।

    ४. सी चिनफिङको जीवनी :  चीनका राष्ट्रपति सी चिनफिङ को हुन् ? भन्ने चासो सबैलाई छ । अघिल्लो वर्षको दशैंपछाडि उनले नेपालको भ्रमण गरेका थिए । उनै राष्ट्रपति सीको जीवन र राजनीतिक विषयमाथि लेखिएको यो पुस्तक दशैं बिदाका लागि उपयोगी छ ।

    ५. खोज्दै हिँड्दा आफैंलाई : एउटा युवा जो जीवनको चौथाइ शताब्दी बाँचेको उमेरमा छ । तर उसको सोच, विचार र चेतना तपाईंलाई मोहित पार्ने खालको छ । अजीव छ । युवाकवि निमेषराज सापकोटाको कवितासंग्रह ‘खोज्दै हिँड्दा आफैंलाई’ पढेर पाठकले आफ्ना पुराना दिनका सुमधुर कथा सम्झनेछन् ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस