हरिवंश आचार्य र उनकी श्रीमती कोरोना मुक्त
काठमाडौं- हास्यकलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।
सामान्य लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा असोज २० गते उनीहरूमा संक्रमण देखिएको थियो। आज १६ दिनपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हरिवंशले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन्।
संक्रमण देखिएपछि दुवै जना होम आइसोलेसनमा बसेका थिए।
आज फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ। हामीलाई धेरै धेरै माया दिनुहुने सब्बैमा धन्यवाद।’
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस